दाङ । तुलसीपुरस्थित टरिगाउँ विमानस्थलमा हवाई सेवा नियमित हुन सकेको छैन् । इन्धन डिपो नहुँदा हवाई सेवा नियमित हुन नसकेको अवस्थामा पछिल्लो समय इन्धन डिपो स्थापना भएपनि नियमितरुपमा हवाई सेवा हुन सकेको छैन ।
नियमित हवाई सेवा सञ्चालन नहुँदा इन्धन डिपोलाई समेत समस्या हुने गरेको छ । विमानस्थलमा नेपाल आयल निगमले इन्धन डिपो स्थापना गरेको भएपनि नियमित हवाई सेवा सञ्चालन नहुँदा चलाउन निकै समस्या पर्ने गरेको छ ।
कार्यालयका लेखा अधिकृत कैलास देवकोटाका अनुसार गएको बैशाख महिनामा एक हजार लिटर मात्रै विक्री भएको थियो, भने जेठ महिनामा अहिलेसम्म ६ सय ६० लिटर र असारमा अहिलेसम्म ८ सय ३४ लिटर मात्रै बिक्री भएको छ ।
गएको आर्थिक बर्ष २०८१/०८२ मा १७ हजार नौ सय ९ लिटर विक्री भएको थियो । चालु आर्थिक बर्षमा भने ३४ हजार ३४ लिटर विक्री भएको छ । चालु बर्षको मासिक विक्री दर २ हजार ८ सय ४६ लिटर रहेको छ ।
नियमित जहाज आएमा विक्री दर पनि बढ्ने र डिपोलाई पनि आम्दानी हुने उहाँको भनाई छ । तर, हाल नियमित नहुँदा समस्या हुने गरेको छ । हप्तामा चार दिन जहाज आउने भनिएपनि कहिल्यै दुई दिन मात्रै आउने, कुनै हप्ता नआउने समस्या रहेको उहाँको भनाई छ ।
हाल इन्धनको लिटरको दुईसय ६९ रुपैँया रहेको छ । यसरी हेर्दा महिनामा ७ लाख ६२ हजारको कारोबार हुने गरेको छ ।



















