दाङ । दाङको तुलसीपुरमा ईभी गाडीको ठक्करबाट एक पैदलयात्री घाइते भएका छन् । घाइते हुनेमा बबई गाउँपालिका–५ घर भई हाल तुलसीपुर–६ बस्दै आएका ३८ वर्षीया दिलमाया केसी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
शुक्रबार दिउँसो साढे ४ बजे तुलसीपुर उपमहानगरपालिका–६ स्थित नापी कार्यालय नजिक रौनियार चोकबाट सेन्टर स्कुलतर्फ जाँदै गरेको बा.प्र.०१–०३२ च ४००४ नम्बरको ईभी गाडीले पैदल हिँडिरहेकी केसीलाई ठक्कर दिएको हो ।
दुर्घटनामा केसीको टाउको तथा शरीरमा भित्री चोट लागेको प्रहरीले जनाएको छ । उहालाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएकोमा थप उपचारका लागि साँझ ५ बजे साझा अस्पताल तुलसीपुरमा रिफर गरिएको छ । उहाको अवस्था मध्यम रहेको र उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा संलग्न ईभी गाडीका चालक तुलसीपुर–६ का ३९ वर्षीय सम्मान बाबु डाँगी इलाका प्रहरी कार्यालय तुलसीपुरको नियन्त्रणमा रहेका छन् भने गाडी ट्राफिक प्रहरीको नियन्त्रणमा राखिएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



















