२०८३ साउन ६ गते बुधवार

पर्यटकीय सम्भावना बोकेको ‘राजाकोट’ अझै ओझेलमा


दाङ । दंगीशरण गाउँपालिका–२ स्थित ऐतिहासिक राजाकोट पर्यटकीय सम्भावना बोके पनि आवश्यक पूर्वाधार र प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । राजाकोटबाट दाङका अधिकांश भूभागसँगै सिस्ने, पुथा र माछापुच्छ्रेसहितका हिमशृङ्खला अवलोकन गर्न सकिन्छ ।

साथै बबई र राप्ती नदी तथा आसपासका वनजंगलको दृश्यले पनि यस क्षेत्रलाई आकर्षक गन्तव्य बनाएको छ । स्थानीय चक्रमिलन विश्वकर्माका अनुसार राजाकोट दंगीशरण राजाले बसोबास गरेको स्थान मानिन्छ । यहाँ पश्चिम नेपालकै चर्चित पुरानो टेलिकम टावरसमेत रहेको छ । दंगीशरण–२ को गोल्टाकुरीबाट करिब पाँच किलोमिटर पैदल हिँडेपछि राजाकोट पुग्न सकिन्छ ।

स्थानीय तथा गाउँपालिकाले राजाकोटलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने पहल थालेका छन् । उचित पूर्वाधार निर्माण र संरक्षण भए यस क्षेत्रले पर्यटन प्रवद्र्धनसँगै स्थानीय युवालाई रोजगारी सिर्जना गर्न सक्ने अपेक्षा गरिएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस