दाङ। सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना हुँदा १९ जना घाइते भएका छन् ।
सपम्ताबाट गुमीतर्फ आउँदै गरेको क.प्र. ०२००१ ख ०४९० नंम्बरको फोर्स गाडी पौने १२ बजे गुर्भाकोट नगरपालिका–१३ सेराघारीमा दुर्घटना भएको हो ।
घाइतेहरुको उद्धार गरी अस्पताल पठाइएको प्रहरीले जनाएको छ । केहीको मेहेलकुना अस्पतालमा उपचार भइरहेको छ भने केहीलाई सदरमुकाम वीरेन्द्रनगरस्थित प्रदेश अस्पताल र अन्य अस्पतालमा पठाइएको छ । गाडीका चालकलाई प्रहरी चौकी गुमीले नियन्त्रणमामा लिएको छ ।
घाइतेहरू
१.जिल्ला सुर्खेत सिम्ता गा.पा ९ बस्ने बर्ष ४० को गणेश वली टाउकोमा चोट, अवस्था सिरीयस । कर्णाली केयर अस्पताल सुर्खेतमा उपचार भई रहेको
२.जि.सुर्खेत गुर्भाकोट न.पा.१३ बस्ने बर्ष २३को ममता पुन सामान्य
३. ऐ.बस्ने ममता पुनको छोरा बर्ष ५ को रियाज शाही टाउकोमा चोट, अवस्था सिरियस । माया अस्पताल सुर्खेतमा उपचार भई रहेको ।
४.जि.सुर्खेत सिम्ता गा.पा.९ बस्ने बर्ष ४५ की बिष्णु माया सुनार टाउकोमा चोट, अवस्था मध्यम ।
५.ऐ. बस्ने बर्ष १० को प्रविन सुनार टाउकोमा चोट अवस्था मध्यम ।
६.जि.तनहुँ वतन बताउने बर्ष ३९ की भावना राई टाउकोमा चोट, अवस्था सिरियस ।
७.ऐ.ऐ. निजको छोरा बस्ने बर्ष २ को प्रज्वल राई ढाडमा चोट, अवस्था सामान्य ।मेहेलकुना अस्पताल सुर्खेतमा उपचार भई रहेका घाइते
८.जि.सुर्खेत गुर्भाकोट न.पा.१४ बस्ने बर्ष ३२ की जैसरा बुढा टाउको र मुखमा चोट, अवस्था मध्यम ।
९.ऐ.ऐ. बस्ने बर्ष ६०की भुमिसरा खड्का दायाँ खुट्टामा चोट, अवस्था मध्यम ।
१०.निजको श्रीमान बर्ष ४२ को उदयराम भुजेल टाउको र ढाड, चोट, अवस्था मध्यम ।
११.ऐ.ऐ. बस्ने बर्ष ४५की धनमाया भुजेल बाहिरी चोट नदेखीको अवस्था मध्यम ।
१२.जि.सुर्खेत सिम्ता गा.पा.९ बस्ने बर्ष ३२की टिका खत्री दायाँ हातमा चोट, अवस्था सामान्य ।
१३.ऐ.ऐ.बस्ने बर्ष ६० को भिम ब.थापा बायाँ हातमा चोट, अवस्था मध्यम ।
१४.ऐ.ए. बस्ने बर्ष ५५ की तुलसरा सुनार दायाँ हात ढाडमा चोट, अवस्था मध्यम ।
१५.ऐ.गुर्भाकोट न.पा. १४ बस्ने बर्ष १२ को सक्षम बुढा टाउको खुट्टामा चोट, अवस्था मध्यम ।
१६.ऐ. १२ बस्ने बर्ष १५ की प्रिति गुरुङ टाउकोमा चोट, अवस्था सामान्य ।
१७.ऐ. सिम्ता गा.पा.९ बस्ने बर्ष ३०की शान्ता खत्री शरिरको बिभिन्न भागमा चोट, अवस्था मध्यम ।
१८.ऐ.गुर्भाकोट न.पा.१४ बस्ने बर्ष १७ की भावना आले हातमा चोट, अवस्था सामान्य ।
१९.ऐ. सिम्ता गा.पा.९ बस्ने बर्ष ३०की मनिषा थापा घाटी र दायाँ हातमा चोट ।



















