२०८३ साउन २७ गते बुधवार

सानीभेरी नदीमा दाउरा निकाल्ने क्रममा एक युवक बेपत्ता


दाङ । रुकुम पश्चिमको सानीभेरी नदीमा दाउरा निकाल्ने क्रममा एक युवक बेपत्ता भएका छन् । सानीभेरी गाउँपालिका–२ गिठाकोटस्थित सानीभेरी नदीको किनारमा दाउरा निकाल्ने क्रममा वडा नम्बर १ टाउँकेलेखका २८ वर्षीय प्रेम रोकाय नदीमा डुबेर बेपत्ता हुनु भएको हो ।

प्रहरीका अनुसार बुधबार बिहान करिब १० बजेर २० मिनेटको समयमा दाउरा निकाल्ने क्रममा रोकाय नदीमा डुबेको सूचना प्राप्त भएको थियो । सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय चौरजहारीबाट प्रहरी निरीक्षक अजय डाँगीको कमान्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।

स्थानीयको समेत सहयोगमा बेपत्ता रोकायको खोजी कार्य जारी रहे पनि हालसम्म फेला पार्न नसकिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइ रहेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस