२०८३ भाद्र ७ गते आइतवार

लुम्बिनी प्रदेश सभाको बैठक सुरु, मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै


दाङ । लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशनअन्तर्गत उन्नाइसौँ बैठक सुरु भएको छ । प्रदेश सभाका सभामुखले बैठकको प्रारम्भमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरू पढेर सुनाउने कार्यसूची रहेको छ ।

त्यसपछि मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको मत लिने कार्यसूची रहेको छ ।

मुख्यमन्त्री आचार्यले विश्वासको मतका लागि प्रदेश सभामा प्रस्ताव पेस गर्नहुने छ । त्यसपछि प्रस्तावमाथि छलफल र मतदानको प्रक्रिया अघि बढ्नेछ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस