दाङ । तुलसीपुरको ‘ख’ लाइनस्थित गणेश चार्ट भण्डारमा अत्याधिक फोहोर देखिएको छ । मंगलबार गरिएको अनुगमनको क्रममा चार्ट भण्डारको भित्रको किचनमा अत्याधिक फोहोर देखिएको हो ।
तुलसीपुर उपमहानगरपालिकाको उपभोक्ता हित संरक्षण शाखासहित खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरको टोलीले अनुगमनका क्रममा अत्याधिक फोहोर भएको भेटाएको हो । अनुगमन टोलीले खाने तेल धेरै पटक प्रयोग गरिएको, अखाद्य रंगको मिसावट धेरै देखिएको, मिठाइको थैलोमा मुसा समेत भेटाएको छ ।
अनुगमन टोलीले अखाद्यवस्तु तत्कालै नष्ट गरेको छ । यस्तै चार्ट भण्डारको किचनमा अध्याधिक फोहोर देखिएपछि सात दिन व्यवसाय बन्द गरेर सरसफाइ गरेर मात्रै व्यवसाय संचालन गर्न निर्देशन दिएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका प्रमुख पदम बरालले पछाडीतिरको किचनमा अत्याधिक फोहोर देखिएपछि सात दिनभित्र सरसफाइ गरेर मात्र व्यवसाय संचालन गर्न आग्रह गरिएको बताउनुभयो ।
तुलसीपुर उपमहानगरपालिकाको उपभोक्ता हित संरक्षण शाखा प्रमुख राजु श्रेष्ठले गणेश चार्ट भण्डारमा अत्याधिक फोहोर भेटिएपछि तत्काल सरसफाइ गर्न सुझाव दिएको बताउनुभयो ।






















