२०८३ भाद्र २० गते शनिवार

बाढीपिडितका लागि हाम्रो पहुँचकर्मी रेखा शर्माद्वारा आर्थिक सहयोग

दाङ । बुधबार आएको विनाशकारी बाढी र पहिरोका कारण नागरिकहरू समस्यामा परेका बेला दाङकी एक सञ्चारकर्मी तथा सहकारीकर्मीले राहत कोषमा आर्थिक सहयोग गर्नुभएको छ ।

हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाको बचत तथा ऋण विभाग प्रमुख रेखा शर्माले बाढी प्रभावितहरूको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० हजार १ सय रुपैयाँ आर्थिक सहयोग गर्नुभएको हो ।

तुलसीपुर उपमहानगरपालिका–७, झुमरे निवासी शर्मा लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय हुनुहुन्छ । उहाँ रेडियो हाम्रो पहुँचमा समाचार शाखामा समेत कार्यरत रहनुभएको छ ।

उहाँले देशमा विपत्ति आउँदा सरकारको मुख मात्र ताक्नुभन्दा प्रत्येक नागरिकले आफ्नो तर्फबाट पनि सक्दो सहयोग गर्नु कर्तव्य भएको बताउनुभयो । उहाँले तीजमा गरिने फजुल खर्च कटाएर बाढी पिडितलाई सहयोग गरिएको बताउनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस