२०८३ भाद्र २० गते शनिवार

अम्बिकेश्वरी मार्वल हाउसद्वारा बाढी प्रभावितलाई १,००,००१ रुपैयाँ सहयोग

दाङ। दाङको घोराही–१५ स्थित अम्बिकेश्वरी मार्वल हाउसले भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित परिवारका लागि एक लाख एक रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

भोटेकोशी क्षेत्रमा आएको बाढीबाट जनधनको क्षति भएकोमा दुख व्यक्त गर्दै विपद्को कठिन समयमा थोरै भए पनि राहत तथा सहयोग पुर्‍याउने उद्देश्यले मार्वल हाउसका प्रोप्राइटर बिनोद भण्डारीले उक्त रकम सहयोग गर्नुभएको हो ।

अम्बिकेश्वरी मार्वल हाउसका तर्फबाट प्रधानमन्त्री दैवी राहत कोषमा रकम जम्मा गरिएको हो । बाढीका कारण प्रभावित परिवारलाई तत्काल राहत तथा आवश्यक सहयोगको खाँचो रहेकाले आफ्नो तर्फबाट मानवीय सहयोगस्वरूप आर्थिक सहयोग गरिएको प्रोप्राइटर भण्डारीले बताउनुभयो ।

मार्वल पाइप एन्ड फिटिङ्सको आधिकारिक विक्रेताका रूपमा समेत रहेको अम्बिकेश्वरी मार्वल हाउसले विपद्को समयमा प्रभावित नागरिकको साथमा उभिनु सबैको मानवीय दायित्व भएको जनाएको छ ।

अम्बिकेश्वरी मार्वल हाउस परिवारले विपद्को यस कठिन घडीमा प्रभावित परिवारको साथमा उभिन सबैलाई आ–आफ्नो स्थानबाट सक्दो सहयोग गर्नसमेत आग्रह गरेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस