२०८३ भाद्र २७ गते शनिवार

तीन युवाको संयुक्त लगानीमा तुलसीपुरमा ‘केयर एण्ड क्युर हेल्थ क्लिनिक’ सञ्चालन


दाङ । रोजगारीका लागि युवा पुस्ता विदेशिने क्रम बढिरहेका बेला दाङका तीन युवाले स्वदेशमै लगानी गरी स्वास्थ्य सेवा सञ्चालनमा ल्याएका छन् ।

तुलसीपुर–५ ख लाइनमा राजन आचार्य, पारेश्वर डाँगी र इन्द्रलाल केसीको संयुक्त लगानीमा केयर एण्ड क्युर हेल्थ क्लिनिक सोमबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको हो ।

स्वास्थ्य क्षेत्रमा आवश्यक सेवा सहज र गुणस्तरीय रूपमा स्थानीयस्तरमै उपलब्ध गराउने उद्देश्यले क्लिनिक सञ्चालनमा ल्याइएको सञ्चालक राजन आचार्यले बताउनुभयो ।

विदेशमा रोजगारी खोज्नुभन्दा स्वदेशमै केही गर्न सकिन्छ भन्ने सोचका साथ तीन युवाले संयुक्त रूपमा लगानी गरेका हुन् ।

क्लिनिक सञ्चालनमा आएसँगै तुलसीपुर तथा आसपासका नागरिकले सामान्य स्वास्थ्य समस्या तथा आवश्यक स्वास्थ्य परामर्शका लागि सहज रूपमा सेवा लिन सक्ने अपेक्षा गरिएको छ ।

सञ्चालकहरूले स्थानीयस्तरमै रोजगारी सिर्जना गर्नुका साथै स्वास्थ्य सेवामा निजी क्षेत्रको लगानी बढाउन आफूहरूको प्रयासले योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस