२०८३ भाद्र २७ गते शनिवार

बाढीपहिरोमा बेपत्ता आफन्तको पहिचानका लागि दाङमा ३७ जनाको डीएनए नमुना संकलन


दाङ। गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि बेपत्ता व्यक्तिको पहिचानका लागि दाङमा ३७ जनाको परिवारको डीएनए नमुना संकलन गरिएको छ । बाढीपछि सम्पर्कविहीन भएका आफन्तको खोजीमा रहेका परिवारका सदस्यले डिएनए परीक्षणका लागि आज मंगलबार रगतको नमूना दिएका हुन ।

जिल्ला प्रशासन कार्यालय दाङका अनुसार आज राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा २३ जना र राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा १४ जना गरी ३७ जनाको डिएनए नमुना संकलन गरिएको हो ।

बाढीपहिरोमा परी बेपत्ता भएका व्यक्तिको शव फेला परेमा पहिचान गर्न सहज हुने भएकाले आफन्तको डीएनए नमुना संकलन गरिएको प्रशासनले जनाएको छ । बाढीपहिरोमा परी आफन्त हराइरहेका व्यक्तिले डीएनए नमुना दिन चाहेमा जिल्ला प्रहरी कार्यालय दाङमा सम्पर्क गर्न प्रशासनले अनुरोध गरेको छ ।

यसैबीच बाढीपहिरोमा परेर दाङका ६० जना अझै सम्पर्कविहीन रहेको रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सम्पर्कविहीन हुनेमा ५० जना पुरुष र १० जना महिला रहेका छन् । तीमध्ये ६ जना पुरुष भने सम्पर्कमा आएका छन् ।

हाल ४४ जना पुरुष र १० जना महिला गरी ५४ जनाको खोज तथा उद्धार हुन बाँकी रहेकोे प्रशासनले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस