२०८३ भाद्र २७ गते शनिवार

बाढीपछि आमाबुवाबिहिन भएका तुलसीपुरका दुई बालकको पालनपोषणका लागि राहत


दाङ ।
रसुवाको भोटेकोशी बाढीमा परी बेपत्ता भएका तुलसीपुर–१९ दुधराका उमेश श्रेष्ठ र समिता श्रेष्ठका अभिभावकविहीन दुई बालकलाई नेवा देय दबु तुलसीपुरले सहयोग गर्ने भएको छ ।

बाढीमा परी बेपत्ता उमेश र समिताका दुई सन्तान ९ वर्षीया प्रशंसा श्रेष्ठ र ६ वर्षीय छोरा युवान श्रेष्ठलाई नेपाल सरकारले व्यवस्थापन नगरुञ्जेलसम्म हरेक महिना खाद्यान्न, लत्ताकपडा र विद्यालय पोसाकलगायत राहत सामग्री उपलब्ध गराउने प्रतिबद्धता जनाएको हो ।

नेवा देय दबु तुलसीपुरका अध्यक्ष शिव श्रेष्ठ ज्युको अध्यक्षतामा तथा तुलसीपुर–१९ का वडाध्यक्ष प्रेमबहादुर योगीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बालबालिकालाई राहत प्रदान गरिएको थियो । कार्यक्रममा समाजका पूर्वअध्यक्ष पुष्कर श्रेष्ठले सहजीकरण गर्नुभएको थियो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस