२०८३ असोज १ गते बिहिवार

दाङमा अवैध एक नाल भरुवा बन्दुक बरामद


दाङ ।
दाङमा प्रहरीले अवैध एक नाल भरुवा बन्दुक बरामद गरेको छ । लमही नगरपालिका–९ अमिलियास्थित गायत्री सामुदायिक वनबाट प्रहरीले अवैध भरुवा बन्दुक बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार भदौ ३१ गते राति करिब १० बजेतिर सामुदायिक वनको झाडीमा भरुवा बन्दुक लुकाइछिपाइ राखेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको प्रहरी टोलीले खोजी गरेको थियो ।

खोजीका क्रममा वन क्षेत्रमा लुकाइछिपाइ राखिएको एक नाल अवैध भरुवा बन्दुक फेला पारी बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद बन्दुकका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस