२०८३ बैशाख १५ गते मङ्गलवार

लुम्बिनी प्रदेशसभाको आठौं अधिवेशन आहृवान


दाङ ।
लुम्बिनी प्रदेशसभाको आठौं (वर्षे) अधिवेशन आहृवान भएको छ । प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले सरकारको सिफारिसमा वैशाख १७ गते दिउँसो १ बजे बस्नेगरी आठौं अधिवेशन आहृवान गर्नुभएको हो ।

प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले एक सूचना सार्वजनिक गर्दै संविधानको धारा १६६ को उपधारा (२) र धारा १८३ को उपधारा (१) बमोजिम बैठक आहृवान गर्नुभएको हो ।

लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन ४ वटा विधेयक पारित गर्दै वैशाख १० देखि अन्त्य भएको थियो । प्रदेशसभाको सातौं अधिवेशनमा १६ वटा बैठक बसेका थिए ।

आठौं अधिवेशनले आगामी वर्षको सरकारको नीति तथा कार्यक्रम, बजेट तर्जुमा र पारित गर्नेछ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस