२०८३ जेष्ठ ४ गते सोमवार

शितलपुरमा कृषि हाटबजार सुरु

दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ को शितलपुरमा आज (बिहीबार) देखि कृषि हाटबजार सञ्चालनमा आएको छ । वडा कार्यालयको आयोजना तथा शितलपुर कृषि हाटबजार व्यवस्थापन समितिको सहजीकरणमा आजदेखि हाटबजार सुरु भएको हो ।

बजारमा आज पहिलो दिन नै स्थानीय उपभोक्ता र किसानहरूको उल्लेख्य चहलपहल देखिएको छ । गाउँघरमै उत्पादित ताजा तरकारी, फलफूल तथा कृषिजन्य सामग्रीहरूलाई सहजै बजारीकरण गर्ने उद्देश्यले हाटबजारको सुरुवात गरिएको हो ।

बजार सञ्चालनमा आएसँगै स्थानीय किसानहरूले आफ्ना उत्पादन बिक्री गर्न टाढा जानुपर्ने बाध्यता अन्त्य भएको बताएका छन् ।

हाटबजारमा स्थानीय किसानले उत्पादन गरेका अर्गानिक तरकारी र फलफूल बिक्रिका लागि राखिएको छ । उत्पादक किसान र उपभोक्ताबीच सिधा सम्पर्क हुने भएकाले किसानले उचित मूल्य पाउने वडा अध्यक्ष खुशीराम चौधरीले बताउनुभयो । उहाँका अनुसार हप्ताको दुई दिन हाटबजार संचालन हुने छ । बिहिबार र आइतबार हप्तामा दुई दिन हाटबजार संचालन गरिने उहाँले बताउनुभयो ।

वडा अध्यक्ष चौधरीले वडास्तरमै आर्थिक कारोबार बढाउन र स्थानीयलाई स्वरोजगारमा प्रोत्साहन गर्न हाटबजार संचालनमा ल्याएको बताउनुभयो । बजार व्यवस्थापन समितिका अनुसार, यस हाटबजारलाई आगामी दिनमा अझ व्यवस्थित र प्रभावकारी बनाउँदै लगिनेछ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस