दाङ । नेपाल विद्युत् प्राधिकरण, तुलसीपुर वितरण केन्द्र अन्तर्गतको कपुरकोट ११ के.भी. फिडरमा आज शुक्रबार विद्युत सेवा अवरुद्ध हुने भएको छ ।
विद्युतका तारमा अवरोध पुर्याउने रुखका हाँगाबिँगा काट्ने (वुशकटिङ) कार्यका लागि लाइन काट्न लागिएको प्राधिकरणले जनाएको छ ।
नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रका अनुसार आज बिहान ७ बजेदेखि बेलुका ४ बजेसम्म विद्युत सेवा अवरुद्ध हुनेछ ।
उक्त फिडर अन्तर्गत पर्ने अम्बास, खमारी, बाह्रखरी, सातबास, मुलकोट, राम्री र कपुरकोट लगायतका स्थानहरुमा विद्युत सेवा अनियमित वा पूर्ण रुपमा अवरुद्ध हुन सक्ने सूचनामा उल्लेख छ ।



















