दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । अमेलियाबाट तुलसीपुरतर्फ आउँदै गरेको लु.०२–००२प २४८६ नम्बरको मोटरसाइकल अमिलिया नजिकै दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।
आइतबार बिहान राप्ती राजमार्ग अन्तर्गत अमिलियादेखि २ किलोमिटर नजिकै आफै अनियन्त्रित भएको भएको मोटरसाइकल सडकबाट पाँच मिटर तल खस्दा चालक तुलसीपुर–७ रामनगरका २३ वर्षिय नोखिराम केसीको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भिर घाइते भएका केसीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याएपछि डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक बावुराम बस्नेतले जानकारी दिनुभयो ।
दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार सल्यानको बागचौर नगरपालिका–११ वाफुखोलाका २१ वर्षिय बिरेन्द्र कुमार खड्का घाइते हुनुभएको छ । घाइते खड्काको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।















