दाङ । दाङमा प्रहरीले विभिन्न मुद्धामा दोषि ठहर भइ फरार रहेका प्रतिवादीलाई धमाधम पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार एक साताको अवधिमा २६ जना फरार प्रतिवादी पक्राउ परेका हुन् ।
विभिन्न मुद्धामा दोषी ठहर भएर फरार रहेका २६ जना प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी डिएसपी रेशम बोहराले जानकारी दिनुभयो । उनीहरु जेठ १ गतेदेखि ७ गतेसम्म पक्राउ परेका हुन् ।
पक्राउ परेका प्रतिवादीबाट १ लाख २२ हजार ८५० जरिवाना असुल गरिएको डिएसपी बोहराले जानकारी दिनुभयो । उनीहरुको जम्मा कैद २ वर्ष ६ महिना हुने प्रहरीले जनाएको छ ।
















