दाङ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटमार्फत दाङका दुई महत्वपूर्ण सिंचाई आयोजनाका लागि १ अर्ब २१ करोड रुपैयाँ विनियोजन गरिएको बताउनुभएको छ ।
अर्थमन्त्री वाग्लेले बृहत दाङ उपत्यका सिंचाई आयोजना र प्रगन्ना–बरकापथ सिंचाई आयोजनामार्फत थप २ हजार ३८० हेक्टर जमिनमा सिंचाई सुविधा विस्तार गरिने जानकारी दिनुभयो ।















