२०८३ जेष्ठ १७ गते आइतवार

हाम्रो पहुँचका शेयर सदस्यहरुलाई वित्तीय साक्षरता प्रदान


तुलसीपुर । दाङको तुलसीपुर–७ झुमरेमा रहेको हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्ना शेयर सदस्यहरूलाई वित्तीय साक्षरता सम्बन्धी तालिम प्रदान गरेको छ ।

आज आइतबार एक कार्यक्रमको आयोजना गरी तुलसीपुर उपमहानगरपालिका– १० का १५ वटा सहकारी समूहका सदस्यहरुलाई तालिम प्रदान गरिएकोे हो । तुलसीपुर– १० जनजागृति माद्यामिक विद्यालय बनगाँउमा कार्यक्रम भएको हो ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत डीआर भण्डारीले तालिममा सहभागीहरूलाई आम्दानी, खर्च व्यवस्थापन, बचत र लगानीका विषयमा प्रशिक्षण गर्नु भएको हो । सदस्यहरुलाई आर्थिक रुपमा कसरी सक्षम हुने, बचत व्यवस्थापन, बचतका फाईदा, ऋण व्यवस्थापन र लगानी रणनीतिहरूका बारेमा जानकारी गराउनुभयो ।

उहाँले आम्दानीका स्रोत विस्तार, अनावश्यक खर्च नियन्त्रण र नियमित बचतको बानी विकास गर्नुपर्नेमा जोड दिनुभयो । स्वरोजगारी सिर्जना, साना तथा घरेलु उद्यम सञ्चालन, कृषि तथा व्यवसायिक क्षेत्रमार्फत आम्दानी बढाउन सकिने बताउनुभयो ।

साथै सहकारीमार्फत उपलब्ध हुने ऋण सुविधालाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सदस्यहरुलाई आग्रह पनि गर्नुभयो । उहाँले आर्थिक चेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रमलाई निरन्तर सञ्चालन गरिने पनि बताउनुभयो ।

हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत डिआर भण्डारीको अध्यक्षतामा भएको तालिमको सहजिकरण संस्थाका वचत तथा ऋण विभागका विभागिय प्रमुख रेखा शर्माले गर्नुभएको हो ।

सहकारीमा अहिले ५ हजार तीनसय बढी शेयर सदस्य आवद्ध छन् भने १२० जनाले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन् ।

प्रतिक्रिया दिनुहोस