२०८३ जेष्ठ १८ गते सोमवार

तुलसीपुरको गुल्मचोकमा टिपर र मोटरसाइकल ठोक्किए, बावुछोरा गम्भिर घाइते

दाङ । तुलसीपुरको गुल्मचोकमा आज बिहान टिपर र मोटरसाइकल एकआपसमा ठोक्किदा तीन जना घाइते भएका छन् । तुलसीपुरबाट लमहीतर्फ जाँदै गरेको रा ४ प ३३९० नम्बरको मोटरसाइकललाई झुमरेतर्फ आउँदै गरेको रा १ ख २१९२ नम्बरको टिपरले बाटो क्रस गर्ने क्रममा ठक्कर दिएको हो ।

टिपरको ठक्करबाट मोटरसाइकल चालक दाङको लमही नगरपालिका वडा नम्बर ५ निवासी ३५ वर्षिय मनोज नेपाली, उहाँको श्रीमती ३४ वर्षिय अनुषा नेपाली र ५ वर्षको छोरा मिनराज घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक बावुराम बस्नेतले जानकारी दिनुभयो ।

घाइते तीन जनामध्ये बुवा र छोरालाई बढी चोट लागेको छ । घाइते सबैको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिनुभयो । टिपर र चालक शान्तिनगर गाउँपालिका वडा नम्बर ५ निवासी ३९ वर्षिय शेर बहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस