दाङ । तुलसीपुरको गुल्मचोकमा आज बिहान टिपर र मोटरसाइकल एकआपसमा ठोक्किदा गम्भिर घाइते दुई जनाको मृत्यु भएको छ । मृत्यु हुने बावु र छोरा रहेका छन् ।
टिपरको ठक्करबाट मोटरसाइकल चालक दाङको लमही नगरपालिका वडा नम्बर ५ निवासी ३५ वर्षिय मनोज नेपाली र ५ वर्षको छोरा मिनराजको नेपालगञ्ज नर्सिङ होममा उपचारको क्रममो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक बावुराम बस्नेतले जानकारी दिनुभयो ।
दुर्घटनामा घाईते ३४ वर्षिय अनुषा नेपालीको उपचार भइरहेको छ ।
तुलसीपुरबाट लमहीतर्फ जाँदै गरेको रा ४ प ३३९० नम्बरको मोटरसाइकललाई झुमरेतर्फ आउँदै गरेको रा १ ख २१९२ नम्बरको टिपरले आज बिहान बाटो क्रस गर्ने क्रममा ठक्कर दिएको हो ।
टिपर र चालक शान्तिनगर गाउँपालिका वडा नम्बर ५ निवासी ३९ वर्षिय शेर बहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
















