२०८३ असार ५ गते शुक्रवार

स्वर्णविन्दुप्रति आकर्षण बढ्दो, एकै दिन पाँच हजार बढीले खाए स्वर्णविन्दु


दाङ । स्वर्णविन्दुप्रति आकर्षण बढ्दै गएको छ । तुलसीपुर उपमहानगरपालिका–९ दोघरेमा रहेको राप्ती आयुर्वेद चिकित्सालयमा र्स्णविन्दु खुवाउने अभिभावकहरुको आकर्षण बढ्दो रहेको हो ।

चिकित्सालयले बिहिबारमात्रै ५ हजार बढी बालबालिकालाई स्वर्णविन्दु खुवाएको छ । चिकित्सालयका प्रमुख डा. मदनकुमार बिसीका अनुसार बिहिबार ५ हजार १५७ जना बालबालिकालाई स्वर्णबिन्दु खुवाइएको छ । कार्यक्रमप्रति अभिभावकहरूको आकर्षण बढ्दै जाँदा सेवाग्राहीको संख्या निरन्तर बढिरहेको प्रमुख बिसीले बताउनुभयो । स्वर्णविन्दु खुवाउन बिहान साढे ४ बजेदेखि नै पश्चिम दाङका विभिन्न स्थानबाट अभिभावकहरू बालबालिका लिएर लाइनमा बसेका थिए ।

चिकित्सालयका सूचना अधिकारी डा. कैलाश न्यौपानेले यसै महिनाको ३१ गते फेरि खुवाउने तयारी गरिएको बताउनुभयो । उहाँका अनुसार स्वर्णविन्दु आयुर्वेदिक खोपका रूपमा प्रयोग गरिन्छ । यसले बालबालिकाको स्मरण शक्ति, एकाग्रता तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने न्यौपानेको भनाई छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस