दाङ । सार्वजनिक बिदाका दिन पनि आन्तरिक राजस्व कार्यालय तुलसीपुर खुला रहने भएको छ । कार्यालयले आज एक सूचना जारी गर्दै असार २८ गते आइतबार सार्वजनिक बिदा भए पनि कार्यालय खुल्ने कार्यालय प्रमुख श्रीधर टण्डनले जानकारी दिनुभयो ।
आयकरको अन्तिम किस्ता राजस्व दाखिला, आर्थिक विधेयक–२०८३ ले प्रदान गरेका छुट तथा सुविधाको उपयोग, बक्यौता रकम फरफारक लगायतका कार्यका लागि कार्यालय खुला रहने उहाको भनाइ छ ।
कार्यालयका अनुसार उक्त दिन राजस्व संकलन गर्ने बैंक तथा सम्बन्धित काउन्टरहरू समेत खुला रहने व्यवस्था मिलाइएको छ । करदाता तथा सेवाग्राहीलाई आवश्यक सेवा लिन कार्यालयमा उपस्थित हुन अनुरोध गरिएको छ ।



















