२०८३ साउन ६ गते बुधवार

तुलसीपुरमा छाडा कुकुरको आतंक : एकै घरका दुई वटा बाख्रा मारेपछि किसान चिन्तामा


दाङ । तुलसीपुरमा फेरि छाडा कुकुरको बिगबिगी बढेको छ । छाडा कुकुरले किसानले पालेका वस्तुभाउमाथि आक्रमण गर्न थालेका छन् । कुकुरले शनिबार दिउँसो मात्रै तुलसीपुर–७ घुसेरीमा दुई वटा बाख्रा मारेको छ ।

कुकुरले दिउँसो करिब १ बजेतिर किसान रुपन चौधरीका दुई वटा बाख्रा मारेको घुसेरी महिला रेडियो श्रोता क्लबका अध्यक्ष टिकाकुमारी पौडेलले रेडियो हाम्रो पहुँचलाई जानकारी दिनुभयो । उहाँका अनुसार गतवर्ष पनि तुलसीपुर–७ का विभिन्न स्थानमा भूस्याह कुकुरले किसानले पालेका बाख्रा मारेका थिए ।

भूस्याह कुकुरले बाँधेका बाख्रा मार्न थालेपछि स्थानीय किसान चिन्तित बनेका छन् । कुकुरको नियन्त्रणका लागि स्थानीय सरकारले आवश्यक पहल गर्नुपर्ने अध्यक्ष पौडेलले माग गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस