२०८३ साउन १८ गते सोमवार

पेट्रोलियम पदार्थको मूल्य वृद्धि


दाङ । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमका अनुसार आज बिहानबाट लागू हुनेगरी पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य वृद्धि गरेको हो ।

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ३ रूपैयाँ , डिजेल र मट्टितेलमा ५ रूपैयाँ र हवाई इन्धनमा प्रतिलिटर २० रूपैयाँका दरले मूल्यवृद्धि भएको हो ।

योसँगै दाङ र सुर्खेतमा पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर १ सय ९९ सय रुपैँया कायम भएको छ । यस्तै काठमाडौं, पोखरा र दिपायलमा २ सय रुपैयाँ, चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, धनगढी र वीरगञ्जमा १ सय ९७ रुपैयाँ ५० पैसा पुगेको छ ।

एलपी ग्यासको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस