दाङ । तीन दिनदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह मृत फेला पर्नुभएको छ । सिंहको शव कपिलवस्तुको गोरुसिंगे जंगलमा आइतबार फेला परेको कपिलवस्तुका प्रहरी प्रमुख, एसपी मनोहर भट्टले बताउनुभयो ।
६५ वर्षीय सिंह शुक्रबार अन्दाजी २ बजेतिर कपिलवस्तु–३ स्थित घरबाट निस्किनु भएको थियो । पूर्वपश्चिम राजमार्गबाट करिब आठ किलोमिटरभित्र जंगल क्षेत्रमा उहाले चढ्ने गरेको लु प्र ०१०१३ प ७९७० नम्बरको मोटरसाइकल रोकिराखेको अवस्थामा भेटिएको थियो ।
सिंहको खोजीका लागि गौतमबुद्ध विमानस्थलबाट तालिमप्राप्त कुकुरसमेत परिचालन गरिएको थियो ।





















