२०८३ भाद्र ९ गते मङ्गलवार

ड्रिम बैंक्विटको तीज विषेश उपहार कार्यक्रम : २० जना भन्दा बढीको समुहमा आउनेलाई साडी उपहार

दाङ। नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसरमा दाङको तुलसीपुर स्थित ‘ड्रिम बैंक्विट’ले विशेष उपहार योजना सञ्चालनमा ल्याएको छ ।

तुलसीपुर उपमहानगरपालिका–६ मा रहेको ड्रिम बैंक्विटले दर खाने तथा तीज मनाउने ग्राहकहरूलाई लक्षित गर्दै ‘तीज विशेष उपहार कार्यक्रम’ आयोजना गरेको हो ।

यस योजनाअन्तर्गत २० जनाभन्दा बढीको समूह बनाएर बैंक्विटमा आउने टोलीमध्ये एक जनालाई आकर्षक साडी उपहार प्रदान गरिनेछ ।

बैंक्विटका प्रबन्धक सुवास बुढामगरका अनुसार ग्राहकहरूलाई पर्वको खुसी साटासाट गर्नेसँगै अतिरिक्त उत्साह प्रदान गर्न यो योजना सुरु गरिएको हो । गत भदौ ३ गतेदेखि नै लागु भइसकेको यो अफर तीज पर्वभर कायम रहने प्रबन्धक बुढामगरले जानकारी दिनुभयो ।

तीजको समयमा पारिवारिक तथा संस्थागत रूपमा दर खाने र रमाइलो गर्ने समूहहरूको चहलपहल बढ्ने भएकाले बैंक्विटले गुणस्तरीय सेवासँगै उपहारको समेत व्यवस्था गरेको हो ।

ड्रिम बैंक्विटले आफ्ना ग्राहकहरूलाई तीजको अवसरमा स्वच्छ, स्वादिष्ट परिकारका साथै राम्रो वातावरणमा पर्व मनाउने व्यवस्था मिलाइएको जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस