२०८३ भाद्र १२ गते शुक्रवार

बाढी प्रभावितको लागि व्यवसायी मोहन घर्तीद्वारा एक लाख सहयोग


दाङ । भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीका कारण प्रभावित भएकाहरूको उद्धार, राहत तथा पुनरुत्थानका लागि तुलसीपुरका व्यवसायी मोहन घर्तीले एक लाख रुपैयाँ सहयोग गर्नुभएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ निवासी समाजसेवी एवं हनुमान इट्टा उद्योगका सञ्चालक समेत रहनुभएका घर्तीले एक लाख रुपैँया ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा जम्मा गर्नुभएको हो ।

विपदको यस कठिन घडीमा बाढीपीडित नागरिकहरूको घाउमा मलम लगाउन र उद्धार तथा राहत कार्यमा राहत पुगोस् भन्ने उद्देश्यले उक्त सहयोग रकम उपलब्ध गराइएको व्यवसायी घर्तीले बताउनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस