दाङ । दाङका युवा उद्यमी एवं सामाजिक अभियन्ता दोर्ण आचार्यले आफ्नो जन्मदिनको अवसरमा बाढी प्रभावितहरूका लागि आर्थिक सहयोग प्रदान गर्नुभएको छ । प्राकृतिक विपत्तिका कारण पीडामा परेका बाढीपीडित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि उहाँले व्यक्तिगत रूपमा आर्थिक सहयोग गर्नुभएको हो ।
होटल व्यवसाय महासंघ लुम्बिनी प्रदेशका पर्यटन उपाध्यक्ष तथा तुलसीपुर होटल व्यवसाय समितिका उपाध्यक्ष समेत रहनुभएका आचार्य लामो समयदेखि व्यावसायिक र सामाजिक क्षेत्रमा सक्रिय हुनुहुन्छ । तुलसीपुर निवासी आचार्य अस्वारा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको सचिव पदमा समेत रहेर स्थानीय समुदायको सेवामा निरन्तर क्रियाशील रहँदै आउनुभएको छ ।
व्यवसायी आचार्यले विपद्को यस कठिन घडीमा विपन्न र प्रभावित परिवारहरूलाई सानो भए पनि राहत पुगोस् भन्ने उद्देश्यले सहयोग गरेको बताउनुभयो ।

























