दाङ । दाङ प्रहरीले १० नाल अवैध भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाका विभिन्न जंगलमा भरुवा बन्दुक लुकाइछिपाइ राखिएको विशेष सूचनाका आधारमा प्रहरीले शुक्रबार बिहान साढे ५ बजेदेखि ९ बजेसम्म विशेष अपरेसन सञ्चालन गरेको हो ।
सो क्रममा इलाका प्रहरी कार्यालय हापुरेबाट खटिएको प्रहरी टोलीले बबई गाउँपालिका–४ चितलगैरा सामुदायिक वनबाट ४ नाल, भरुवा बन्दुक बरामद गरेको छ ।
यस्तै प्रहरी चौकी पुरन्धाराबाट खटिएको प्रहरी टोलील बबई गाउँपालिका–२ सुवाखोरे सामुदायिक वनबाट १ नाल र अस्थाई प्रहरी पोष्ट नर्तिबाट खटिएको टोलीले लमही नगरपालिका–३ जखेरा सामुदायिक वनबाट ५ नाल भरुवा बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।






















