२०८३ भाद्र २० गते शनिवार

डिभाइन एजुकेशन फाउण्डेशनले दियो, बाढी प्रभावितलाई एक लाख बढी सहयोग


दाङ । दाङको तुलसीपुरस्थित डिभाइन एजुकेशन फाउण्डेशनले बाढी प्रभावितलाई एक लाख बढी आर्थिक सहयोग गरेको छ । फाउण्डेशनका सिइओ भोजराज न्यौपानेले बाढी प्रभावितको राहत, उद्धार तथा उपचारका लागि १ लाख १ हजार १ सय ११ सहयोग गरिएको बताउनुभयो ।

प्राकृतिक विपत्तिको समयमा मानवीय सहायता जुटाउनु सबैको कर्तव्य भएको महसुस गर्दै विद्यालय प्रशासन, शिक्षक तथा विद्यार्थीहरूको सक्रियतामा उक्त रकम संकलन गरिएको फाउण्डेशनले जनाएको छ ।

फाउन्डेसनका सिइओ न्यौपानेले भोटेकोसी क्षेत्रमा बाढीले पुर्‍याएको जनधनको क्षति र नागरिकले भोग्नुपरेको पीडाप्रति आफूहरूले पनि पिडाको महशुस गरेको बताउँदै पिडितका लागि राहत, उद्धार र उपचारमा सहयोग गर्ने उद्देश्यले सहयोग गरिएको बताउनुभयो ।

संकटको घडीमा बाढी प्रभावित परिवारलाई थोरै भए पनि राहत पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभएको छ । शिक्षा क्षेत्र मात्र नभई समाजमा पर्ने हरेक विपत्तिमा नागरिकको साथमा उभिनु मानवीय दायित्व भएको बताउँदै उहाँले आगामी दिनमा पनि फाउण्डेशनले सामाजिक तथा परोपकारी कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस