२०८३ भाद्र २० गते शनिवार

करेन्ट लगाएर माछा मार्ने क्रममा तुलसीपुरका एक जनाको मृत्यु

दाङ । दाङको तुलसीपुरमा करेन्ट लागेर एक ब्यक्तीको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ बेलुवाको माछापोखरी टोल निवासी २४ बर्षीय राजु घर्तीको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।

शनिबार विहान पौने १ बजेतिर घरबाट बिजुलीको तार प्रयोग गरि नजिकैको टिकरी सिचाई कुलोमा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका घर्तीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस