२०८३ भाद्र ३१ गते बुधवार

तुलसीपुर उपमहानगरपालिकाले बाढी प्रभावितलाई प्रतिव्यक्ति एक लाख दिने

दाङ । तुलसीपुर उपमहानगरपालिकाले रसुवा बाढीबाट प्रभावित परिवारलाई नगद राहत उपलब्ध गराउने भएको छ भने छोराछोरीलाई निशुल्क पढाउने भएको छ ।

उपहानगरपालिकाको बुधबार आज बसेको ५२ आँै कार्यपालिका बैठकले भोटेकोशी बाढीबाट मृत्यु भएका र हराईरहेका परिवारका लागि प्रतिव्यक्ति १ लाखका दरले राहत उपलब्ध गराउने निर्णय गरेको नगरप्रमुख टिकाराम खड्काले बताउनुभयो ।

प्रारम्भिक विवरण अनुसार रसुवा बाढीमा परेर तुलसीपुर उपमहानगरपालिका भित्रका मात्रै २५ जना हराइरहेका छन् ।

बाढीमा परेर हराइरहेका परिवारका सदस्यको खोजी तथा उद्दारका लागि नगरले राहतस्वरुप प्रतिव्यक्ति १ लाख उपलब्ध गराउने नगरप्रमुख खड्काले रेडियो हाम्रो पहुँचलाई बताउनुभयो । यस्तै मृतक तथा वेपत्ताका छोराछोरीलाई कक्षा १२ सम्म उपमहानगरले निशुल्क पढाउने उहाँले बताउनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस