२०८३ असोज ६ गते मङ्गलवार

सात वर्षपछि विद्यालय शिक्षाको पाठ्यक्रम परिमार्जन गरिदै


दाङ । सरकारले सात वर्षपछि विद्यालय शिक्षाको पाठ्यक्रम परिमार्जन गर्न लागेको छ । त्यसका लागि सरोकारवालाबाट प्राप्त सुझावहरूलाई एकीकृत गर्ने कार्य भइरहेको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ ।

पाठ्यक्रम विकास केन्द्रका निर्देशक पुरुषोत्तम घिमिरेले शिक्षक, विद्यार्थी, अभिभावक, नीति निर्माताबाट प्राप्त सुझावलाई ‘कम्पाइल’ गर्ने कार्य भइरहेको बताउनुभयो । ‘विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ परिमार्जन गरिँदैछ ।

शिक्षामन्त्री सस्मित पोखरेलका प्रमुख सल्लाहकार शैलेन्द्र झाले परिमार्जित पाठ्यक्रम आगामी शैक्षिक सत्रदेखि नै लागु हुने बताउनुभयो ।–रातोपाटीबाट

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस