२०८३ कार्तिक ५ गते बिहिवार

सहारा सहकारीले गर्यो १९ औं वार्षिक साधारणसभा


दाङ । तुलसीपुर –६ मा रहेको सहारा बचत तथा ऋण सहकारी संस्थाले शनिबार १९ औं वार्षिक साधारणसभा तथा ७ औं अधिवेशन गरेको छ ।

संस्थाका अध्यक्ष बासुदेव आचार्यको अध्यक्षता तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ का निवर्तमान वडाअध्यक्ष नवराज लामिछानेको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम भएको हो ।

प्रमुख अतिथि लामिछानेले सिमित सहकारी संस्था र संचालकका कारण सहकारीप्रतिको विश्वासमा खडेरी सिर्जना गरेको बताउनुभयो । उहाँले धेरै सहकारीले सामाजिक तथा आर्थिक रूपमा महत्त्वपूर्ण भूमिका खेलेको उहाँले बताउनुभयो ।

सहकारीको माध्यमबाट पछिल्लो पुस्तालाई सक्षम उद्यमी बनाउन सकिने उहाँको धारणा छ ।

उद्घाटन समारोहमा संस्थापक अध्यक्ष बिष्णुप्रसाद शर्मा, पत्रकार गोपाल शर्मा भट्टराई, सल्लाहकार बलदेव शर्मा, शेयर सदस्य उषा गौतम लगायतले सहकारीको माध्यमबाट आर्थिक तथा सामाजिक रुपान्तरण गर्न सकिने बताउनुभयो ।

संस्थाका सचिव भीमलाल मरासिनीले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको हो भने कोषाध्यक्ष पदम कुमार ज्ञवालीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको हो ।

सहकारीले अघिल्लो आर्थिक वर्षको तुलनामा झण्डै दोब्बर बढी खुद नाफा गरेको छ । संस्थाले आर्थिक वर्ष २०८१/२०८२ मा ६ लाख ४५ हजार १४५ आम्दानी गरेकोमा बितेको आर्थिक वर्ष २०८२/२०८३ मा ११ लाख ३४ हजार ७३ रुपैँया खुद नाफा गरेको छ ।

उपाध्यक्ष टोप बहादुर महताराको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण सचिव भीमलाल मरासिनीले गर्नुभएको हो ।

अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको छ । संस्थाको अध्यक्षमा पदम कुमार ज्ञवाली चयन हुनुभएको हो ।

संस्थाको उपाध्यक्षमा भिमलाल मरासिनी, सचिबमा सालिकराम ओली तथा कोषाध्यक्षमा विश्राम अधिकारीलाई चयन गरिएको छ ।

त्यस्तै तेज बहादुर केसी, आशाकुमारी नेपाली, गिता बिष्ट महातारा, सन्तोश आचार्य, देवकी पौडेल तथा लेखा समिति संयोजक लक्ष्मण पोख्रेल, सदस्यमा शान्ता शर्मा र किरण बिकलाई चयन गरिएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस