२०८३ असोज २० गते मङ्गलवार

मंसिरदेखि विद्युत महसुल काउन्टर बन्द हुने

दाङ । नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रको महसुल काउन्टर मंसिर १ गतेदेखि बन्द हुने भएको छ ।

अनलाइन भुक्तानी प्रणालीलाई अनिवार्य बनाउन प्राधिकरणले काउन्टर बन्द गर्न लागेको हो । त्यसपछि उपभोक्ताले अनलाइनमार्फत मात्रै विद्युत महसुल भुक्तानी गर्नुपर्ने वितरण केन्द्र तुलसीपुरका प्रमुख सुरेशकुमार महतोले बताउनुभयो ।

भौतिक रूपमा उपस्थित भएर महसुल भुक्तानी गर्दा रकमभन्दा बढी समय र आवतजावतमा खर्च हुने भएकाले अनलाइन सेवालाई अनिवार्य गर्न लागिएको उहाँले बताउनुभयो ।

तुलसीपुर वितरण केन्द्रअन्तर्गत करिब ५५ हजार ग्राहक रहेका छन् । गत भदौसम्मको तथ्यांकअनुसार करिब ४२ प्रतिशत ग्राहकले अनलाइनमार्फत महसुल भुक्तानी गर्दै आएका छन् ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस