२०८३ असोज २० गते मङ्गलवार

दाङ आउँदै गरेको ट्रक दुर्घटना


दाङ । बिरगन्जबाट दाङ आउँदै गरेको ट्रक दाउन्नेको ओरालोमा दुर्घटना भएको छ ।


ट्रक गएराती दुर्घटना भएको हो । ट्रकमा चालक र सहचालक दुई जना सवार रहेको प्रहरीले जनाएको छ । दुवै जनाको अवस्था सामान्य रहेको छ । तर चालकलाई बढी चोट लागेको छ ।

दुर्घटनामा ट्रक धनि तथा चालक तुलसीपुर–९निवासी भूमिराज गिरीलाई बढी चोट लागेको छ ।

प्रहरीका अनुसार बिरगन्जबाट दाङ आउँदै गरेको ना ६ ख ५५५६ नम्बरको ट्रक सडकमै पल्टीएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस