२०८३ कार्तिक ५ गते बिहिवार

दुई सय बढी विद्यार्थीलाई वडाले दियो स्कुल पोशाक

दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १५ का दुई सय १७ जना विद्यार्थीलाई स्कुल पोशाक वितरण गरिएको छ ।

वडा कार्यालयले बिहीबार वडाभित्र रहेका दुई वटा सामुदायिक विद्यालयका विद्यार्थीलाई सर्ट र पाइन्टसहितको स्कुल पोशाक वितरण गरेको हो । आधारभूत विद्यालय कोठरीका १ सय ७४ जना र महेश्वरी प्राथमिक विद्यालय पहेलपारका ४३ जना विद्यार्थीलाई पोशाक वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।

सामुदायिक विद्यालयमा विद्यार्थी तथा अभिभावकको आकर्षण बढाउने उद्देश्यले चालु आर्थिक वर्षको बजेटबाट पोशाक वितरण कार्यक्रम सञ्चालन गरिएको वडा अध्यक्ष लक्ष्मण चौधरीले बताउनुभयो ।

तुलसीपुर–१५ मा चार वटा सामुदायिक विद्यालय रहेका छन् । बाँकी दुई वटा विद्यालय पहरुवा र धमाकापुरमा अध्ययनरत विद्यार्थीलाई शुक्रबार स्कुल पोशाक वितरण गर्ने कार्यक्रम रहेको वडा सचिव नर्मदा पोखरेलले जानकारी दिनुभयो ।

कार्यक्रममा वडा सदस्य मङ्गलसेन डेमणडौरा, सम्बन्धित विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा अभिभावकहरूको सहभागिता रहेको थियो ॥

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस