२०८३ कार्तिक १ गते शनिवार

नेपाली कांग्रेसको सभापतिमा गगन कुमार थापा निर्वाचित

दाङ । नेपाली कांग्रेसको सभापतिमा गगन कुमार थापा निर्वाचित हुनुभएको छ । १५ औं महाधिवेशन अन्तर्गत शुक्रबार मतदान भएको थियो ।

लगत्तै राति अबेरबाट काठमाडौंको राष्ट्रिय सभा गृहमा भएको मतगणना भर्खरैमात्रै सकिएको महाधिवेशनको मिडिया सेन्टरका सदस्य महेश गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार, सभापति निर्वाचित भएका थापाले ६ हजार ५८४ मत प्राप्त गर्नुभएको छ । त्यस्तै थापासँग प्रतिस्पर्धामा उत्रिएका श्यामकृष्ण खड्गीले भने ३७५ मत प्राप्त गर्नुभएको छ । जसमा कुल ५४ मत बदर भएको थियो ।

७ हजार ३ सय १७ जना महाधिवेशन प्रतिनिधि रहेकोमा ७ हजार ३९ जनाले मतदान गरेको निर्वाचन समितिले जनाएको छ । सभापति बाहेकका मतपेटिका भने पार्टी कार्यालय सानेपा लगिएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस