दाङ। दाङमा दुई लाख बढीको पटकासहित एक जना पक्राउ पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार भारतबाट अवैध रूपमा पटका ल्याउँदै गरेको अवस्थामा तुलसीपुर उपमहानगरपालिका–५ आलुमण्डी बस्ने २५ वर्षीय युवक अनुभव अग्रवाललाई नियन्त्रणमा लिइएको हो ।
बुधबार दशैँको साँझ करिब ७ बजे इलाका प्रहरी कार्यालय कोइलाबासबाट खटिएको प्रहरी टोलीले गढवा गाउँपालिका–८ कोइलाबासदेखि गढवातर्फ आउँदै गरेको अटो चेकजाँच गर्ने क्रममा पटका बरामद गरेको हो ।
भारतको उत्तर प्रदेश, बलरामपुर जिल्लाको बलरामपुर थाना घर भई हाल तुलसीपुरमा बस्दै आएका युवकले चलाएको रा १ ह ४८१७ नम्बरको अटोबाट विभिन्न किसिमका पटका बरामद गरिएको जिल्ला प्रहरी निरिक्षक श्रीकुमार पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार २ लाख १० हजार १३६ बराबरको पटका बरामद गरिएको हो ।
पक्राउ परेका अग्रवाललाई दाङ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी विष्फोटक पदार्थ सम्बन्धि कसुरमा अनुसन्धान शुरु गरिएको प्रहरी निरीक्षक केसीले बताउनुभयो ।


























