२०८३ कार्तिक ७ गते शनिवार

बङ्गलादेशका शमीम हुसेनले लुम्बिनीबाट खेल्ने

लुम्बिनी । बङ्गलादेशका क्रिकेटर शमीम हुसेन पटवारीले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण लुम्बिनी लायन्सबाट खेल्नुहुने भएको छ ।

सोमबारदेखि शुरु हुन लागेको एनपीएलका लागि लुम्बिनीले हुसेनलाई अनुबन्ध गरेको जानकारी दिएको छ । बायाँ हाते ब्याटिङ र अफ स्पिन बलिङ गर्ने हुसेन सन् २०२० मा दक्षिण अफ्रिकामा भएको आईसीसी १९ वर्षमुनिको विश्वकप उपाधि जित्दा बङ्गलादेशको टोलीमा रहनुभएको थियो ।

विश्वकप जितेपछि उहाँले राष्ट्रिय टोलीमा पनि स्थान बनाउने अवसर पाउनुभयो । उहाँले अहिलेसम्म विदेशी लिग भने खेल्नुभएको छैन । शमीम अब एनपीएलमार्फत यो उपलब्धि पनि हासिल गर्ने तयारीमा रहनुभएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस