२०८३ कार्तिक १९ गते बिहिवार

जखेरा तालमा माछालाई दाना खुवाउने क्रममा अचानक खस्दा एक बालिकाको मृत्यु


दाङ । देउखुरीको जखेरा तालमा माछालाई दाना खुवाउने क्रममा अचानक तालमा खसेकी ६ वर्षीया बालिकाको डुबेर मृत्यु भएको छ । लमही नगरपालिका–३ स्थित जखेरा तालमा डुबेर गढवा गाउँपालिका–२, कोठरी निवासी चुन्निलाल चौधरीकी ६ वर्षीया छोरी कृतिका चौधरीको मृत्यु भएको हो ।

प्रहरीका अनुसार आज मंगलबार दिउँसो करिब पौने २ बजे अभिभावकसँग पिकनिक खान जखेरा ताल पुगेकी कृतिका तालमा रहेका माछालाई दाना खुवाइरहेकी थिइन् । सोही क्रममा अचानक उनी तालको पानीमा खसेकी थिइन् ।

तालमा खसेपछि तत्काल उद्धार गरी उनलाई उपचारका लागि लमही अस्पताल पुर्‍याइएको थियो । तर उपचारकै क्रममा बालिकाको मृत्यु भएको वडा प्रहरी लमहीले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस