तुलसीपुर । सडक निर्माणमा भइरहेको ढिलासुस्तीप्रति असन्तुष्टि जनाउँदै स्थानीयले अवरुद्ध गरेको तुलसीपुर–भमके सडकमा सवारीसाधन संचालनमा आएको छन् । मंसिरको पहिलो हप्तादेखि सडक निर्माण शुरु गर्ने, सडक निर्माणको अवधिमा सडकमा पानी हाल्नुपर्ने लगायतका सहमतिपछि अवरुद्ध सडक खुलेको हो ।
लामो समयदेखि सडक निर्माणको कामले गति लिन नसकेको भन्दै स्थानीयले रत्नशिला बोर्डिङ अगागी सडक बन्द गराएका थिए । सडक निर्माणमा ढिलाइ हुँदा धुलोधुवाँको समस्या बढ्नुका साथै दुर्घटनाको जोखिमसमेत बढेको स्थानीयको गुनासो छ ।
निर्माण कार्यमा भइरहेको ढिलासुस्तीका कारण दैनिक आवतजावतमा समेत समस्या भएपछि स्थानीय आन्दोलित भएका हुन् । सडक अवरुद्ध हुँदा सवारीसाधन अस्वारा क्षेत्रमा रोकिएका थिए ।
तर अहिले अवरुद्ध सडक संचालनमा आइसकेको स्थानीय बिक्रान्त बिसीले जानकारी दिनुभयो । उहाँका अनुसार निर्माण कार्यलाई तीव्रता दिन सम्बन्धित निकायले चासो नदेखाएपछि बाध्य भएर सडक बन्द गरेका थिए ।



























