२०८३ मङ्सिर ६ गते आइतवार

तुलसीपुरमा साथीहरुसंग खेलिरहेका ६ वर्षीय बालकको कानको मुन्द्रा चोरी


दाङ । दाङको तुलसीपुरमा घर बाहिर खेलिरहेका ६ वर्षीय बालकको कानको मुन्द्रा चोरी भएको छ । तुलसीपुर उपमहानगरपालिका–७ शुभलक्ष्मी टोलका गीता भण्डारीका छोरा ६ वर्षीय रियान्स चौधरीको कानमा लगाएको मुन्द्रा अपरिचित व्यक्तिले काटेर लगेको पारिवारिक स्रोतले जनाएको छ ।

पारिवारिक स्रोतका अनुसार आज आइतबार दिउँसो करिब साढे ३ बजेतिर घरबाहिर साथीहरूसँग खेलिरहेका बालकको कानबाट मुन्द्रा चोरी भएको हो ।

स्थानीयका अनुसार ती व्यक्ति सुरुमा साइकलमा बालबालिका खेलिरहेको स्थानमा ओहोरदोहोर गरेका थिए । त्यसपछि बालबालिकासँगै नजिकिएर कानमा घाउ भएको छ भन्दै मुन्द्रा काटेर लगेका थिए ।

स्थानीय रमा खड्काका अनुसार बालकको कानमा लगाइएको करिब तीन आना बराबरको मुन्द्रा चोरी भएको हो । मुन्द्रा चोरी भएपछि प्रहरीलाई पनि खबर गरेको पारिवारीक स्रोतले जनाएको छ । दिनदहाडै बालबालिकालाई लक्षित गरी भएको यस्तो घटनाले स्थानीयमा त्रास र चिन्ता बढाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस