पूर्वी नेपालको सीमा क्षेत्रमा भूकम्प गएको छ । आज बिहान ७ बजेर १७ मिनेट जाँदा ५.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रका भूकम्पविद् राजेश शर्माका अनुसार ताप्तेजुङको ओलाङचुङ गोला नजिकै केन्द्रविन्दु भएर भूकम्प गएको हो । यो तिब्बतसँग जोडिएको क्षेत्र हो । भुकम्पको धक्का दाङमा पनि महशुस गरिएको छ ।
भूकम्पको केन्द्रबिन्दु ओलाङचुङगोला–तिब्बत सीमा क्षेत्र रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका डा. लोकविजय अधिकारीले जनाकारी दिनुभयो ।
भूकम्पको धक्का दाङ उपत्यका, पूर्वी नेपालका पहाडी तथा तराईका जिल्लासहित विभिन्न ठाउँमा महसुस भएको थियो । भूकम्पबाट भएको क्षतिबारे थप विवरण प्राप्त भएको छैन ।


























