२०८३ मङ्सिर ८ गते मङ्गलवार

बाल क्लबद्वारा विभिन्न स्थानमा जेब्रा क्रसिङ निर्माण


दाङ। चिल्ड्रेन हेवन बोर्डिङ स्कुल, तुलसीपुर–१७, मानपुर दाङमा गठित बाल क्लबको सक्रियतामा मानपुर, साइपुर, पस्कलुवा लगायतका विभिन्न स्थानमा जेब्रा क्रसिङ निर्माण कार्य सम्पन्न भएको छ।

बाल क्लबका अध्यक्ष निकेश राणा, उपाध्यक्ष शैलेश खड्का लगायत सम्पूर्ण बाल क्लबका सदस्यहरूको सक्रिय सहभागितामा उक्त कार्य सम्पन्न गरिएको हो। विद्यालयमा अध्ययनरत विद्यार्थी भाइबहिनीहरूको पहलमा शिक्षक तथा शिक्षिकाहरूको सहयोग र विद्यालयका भाइस प्रिन्सिपल सरको विशेष साथ, सहयोग र समन्वयमा यो अभियान सफल भएको हो।

कार्यक्रममा आवश्यक मार्गदर्शन तथा सहयोग प्रदान गर्नुहुने तुलसीपुर ट्राफिक प्रहरी लगायत सम्पूर्ण सहयोगीप्रति विद्यालय परिवार हार्दिक आभार व्यक्त गर्दछ।

सडक सुरक्षा, पैदलयात्रीको सहज आवतजावत तथा सम्भावित सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सञ्चालन गरिएको यस अभियानले विद्यार्थीहरूमा सामाजिक उत्तरदायित्व, नेतृत्व क्षमता र सामुदायिक सेवाको भावना विकास गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास विद्यालयले लिएको छ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस