२०८२ फाल्गुन २६ गते मङ्गलवार

सुख्खा पहिरोमा पुरिएर श्रीमान–श्रीमतीको मृत्य

अर्घाखाँची, ३२ असार । अर्घाखाँचीको पहिरोमा पुरिएर श्रीमान श्रीमतीको मृत्य भएको छ । भूमिकास्थान नगरपालिका–१० धनचौर तल्लोपाकुमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको हो ।

मंगलबार घाँस काट्न र चिउरी टिप्न गएका स्थानीय ६६ वर्षीय गोबिन्द बुढामगर र उहाँकी श्रीमती श्यामकला बुढामगरको पहिरोले पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी चक्रबहादुर मल्लले जानकारी दिनुभयो ।

रोजा तुसारेपानीमा गएका श्रीमान्, श्रीमती समयमै घर नफर्किएपछि खोजीका लागि परिवारले प्रहरीलाई खबर गरेका थिए । गोबिन्द र श्यामकलाको शव सुक्खा पहिरोले पुरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस