२०८२ फाल्गुन २९ गते शुक्रवार

समाजसेवी पौडेललको नेतृत्वमा खाल्डाखुल्डी मर्मत

तुलसीपुर । समाजसेवी उपेन्द्र पौडेलको नेतृत्वमा युवाहरुले तुलसीपुर–सुर्खेत सडक खण्डको खाल्डाखुल्डी मर्मत गरेका छन् ।

तुलसीपुर उपमहानगरपालिका–७ जितपुरका समाजसेवी पौडेलको नेतृत्वमा युवाहरूले आफ्नै पहलमा खाल्डा पुर्ने काम गरेका हुन् ।

तुलसीपुर–सुर्खेत सडक खण्डको दोघरे क्षेत्रमा सडकको खाल्डाखुल्डी मर्मत गर्न स्थानीय सरकार र सडक विभागले बेवास्ता गरेपछि स्थानीय युवाहरू मिलेर मर्मत गरेको समाजसेवि पौडेलले जानकारी दिनुभयो ।

वर्षा र यातायातको चापका कारण सडकमा ठूला खाल्डा बनेपछि सवारी आवागमनमा समस्या हुँदै आएको थियो ।

युवाहरूले आवश्यक सामग्री जुटाएर स्वयंसेवकको रूपमा सडक मर्मत गरेका हुन् । उनीहरूले सम्बन्धित निकायलाई सडकको दीगो मर्मतमा चासो दिन आग्रह समेत गरेका छन् ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस