२०८२ फाल्गुन २६ गते मङ्गलवार

स्थानीय पाठ्यक्रम लागु गर्न निजि विद्यालयको आनाकानी

दाङ। सरकारले स्थानीय पाठ्यक्रम अनिवार्य विषयका रुपमा पढाउने नीति ल्याए पनि तुलसीपुरका धेरैजसो निजि विद्यालयहरुले त्यसलाई कार्यान्वयन आनकानी गरेका छन् । कतिपयले भने ऐच्छिक विषयको रुपमा अध्यापन गराउँदै आएको शिक्षा, युवा तथा खेलकूद महाशाखाका प्रमुख चक्र भण्डारीले बताउनुभयो ।

१ देखि कक्षा ८ सम्म स्थानीय पाठ्यक्रमलाई अनिवार्य विषयका रुपमा पढाउनुपर्ने नीति भए पनि कतिपय संस्थागत विद्यालयहरुले कक्षा ८ मा मात्रै स्थानीय पाठ्यक्रम हाम्रो तुलसीपुर अध्यापन गराइरहेको भन्ने जानकारी आएको महाशाखा प्रमुख भण्डारीले बताउनुभयो । विद्यालयहरुले अटेरी गरिरहेका छन् । तर ८ कक्षाको परीक्षा पालिकाले लिने व्यवस्थाले स्थानीय पाठ्यक्रम बाध्यताले अध्यापन गराएको उहाँले बताउनुभयो ।

स्थानीय पाठ्यक्रमलाई संस्थागत विद्यालयहरुले अतिरिक्त विषयका रुपमा अध्यापन गराइरहेको भन्दै महाशाखामा विभिन्न व्यक्तिहरुले उजुरी दिएका छन् भने पालिकाले त्यस्ता विद्यालयमा छड्के अनुगमन गर्ने तयारी गरेको महाशाखा प्रमुख भण्डारीले बताउनुभयो ।

अनुगमनका क्रममा लापरवाही गरेको पाइएमा वा स्थानीय पाठ्यक्रमलाई १ देखि ८ कक्षासम्मै पूर्णरुपमा लागू नगरेको र अतिरिक्त विषयका रुपमा अध्यापन गराएको पाइएमा शिक्षा नीतिअनुसार तत्काल कारवाही हुने बताउनुभयो । एकराज भण्डारीले नयाँ युगबोध राष्ट्रिय दैनिकमा खबर लेख्नुभएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस